• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

खेतमा रहेको कुलोमा एक युवक मृत फेला


  • धनकुटा खबर
  • .

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् ।

स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले माझीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चालकका रूपमा काम गर्ने माझी शुक्रबार सांझ घरबाट निस्केका थिए ।

घटनास्थलमा नयाँ कपडासहितका झोला समेत भेटिएको र घटनापछि उनको श्रीमती सम्पर्कमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖