• Tuesday 6th of October 2026

न्यूजील्याण्डविरुद्ध भारतले टस जित्यो,भारतले टस जितेर पहिला बलिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र न्यूजील्याण्डबीच खेल हुदै छ । यस विश्वकपमा दुवै टिम अपराजित रहेकाले यो खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।

भारतको धर्मशालामा हुने यस खेलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै न्यूजील्याण्डले पहिला ब्याटिंग गर्ने भएको हो ।

दुवैले अहिलेसम्म खेलेका ४-४ खेलमै जित हासिल गरेका छन् । अंकतालिकामा रनरेटका आधारमा न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

भारत र् न्यूजील्याण्डबीच अहिलेसम्म ११६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा भारतले ५८ र् न्यूजील्याण्डले ५० खेल जितेका छन् । त्यसैगरी ७ खेलको कुनै नतिजा आएको थिएन भने एक खेल बराबरीमा सकिएको थियो ।

त्यसैगरी विश्वकपमा भने यी दुई देश ९ पटक आमने सामने भएका छन् । जसमा न्यूजील्याण्डले ५ खेल जितेको छ भने भारतले ३ खेलमा जित हासिल गरेको छ । त्यस्तै खेल बिना नतिजा सकिएको थियो ।
पछिल्लो पटक २०१९ को विश्वकपमा सेमिफाइनलमा न्यूजील्याण्डले भारतलाई पराजित गरेर फाइनलमा पुगेको थियो ।

यस विश्वकपमा न्यूजील्याण्ड आफ्ना नियमित कप्तान केन विलियम्सन खेल्ने छैनन् भने भारतका अलराउन्डर हार्दिक पाण्डेय पनि यो खेलमा खेल्ने छैनन् । भारतले न्यूजील्याण्डविरुद्ध हार्दिक पाण्डेय र श्रदुल ठाकुरको ठाउमा सूर्यकुमार यादव र मोहमद शामीलाई खेलाएको छ ।

भारतको प्लेइङ ११- रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहमद शामी, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।

न्यूजील्याण्डको प्लेइङ ११: टम लाथम (कप्तान), डेभोन कोनवे, विल योङ, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, लुकी फर्गुसन, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖