• Monday 5th of October 2026

इजरायलले गर्‍यो सिरियामा आक्रमण


  • धनकुटा खबर
  • .

इजरायली सेनाले सिरियाको दक्षिणी प्रान्त दारामा आक्रमण गरेको छ । आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु भएको छ । सात सिरियाली सैनिक घाइते छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्थानीय समयानुसार बुधबार राति १ बजेर ४५ मिनेटमा इजरायलबाट आक्रमण गरिएको जनाएको छ ।

इजरायलको सेनाले सिरियाली सैन्य इलाकामा आक्रमण गरिएको पुष्टि गरेको छ । सिरियाबाट सीमापार रकेट प्रहार गरिएपछि जवाफी कारबाही गरिएको इजरायली सेनाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖