• Monday 5th of October 2026

आफ्नै फ्ल्याटमा मृत फेला परिन् अभिनेत्री रेन्जुशा


  • धनकुटा खबर
  • .

दक्षिण भारतकी चर्चित अभिनेत्री रेन्जुशा मेननको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार मलयालम फिल्ममा चर्चा कमाएकी ३५ वर्षीय अभिनेत्री रेन्जुशा आफ्नै फ्ल्याटमा सोमबार मृत फेला फरेकी हुन्।

रेन्जुशा उनको फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उक्त फ्ल्याटमा रेन्जुशा र उनका श्रीमान मनोज बस्थे। मनोज पनि अभिनेता हुन्।

खबरहरूका अनुसार रेन्जुशा पछिल्लो समय तनावमा थिइन्। उनी आर्थिक समस्याबाट गुज्रिरहेको बताइएको छ।

रेन्जुशाको शव पोस्टमर्टमका लागि पठाइएको छ। आत्महत्या गरिएको देखिए पनि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको एनडिटिभीले लेखेको छ।

टिभी हुँदै फिल्मी करिअर बनाएकी रेन्जुशा अभिनेत्रीका साथै निर्माता र क्लासिकल नृत्यंगना पनि थिइन्।

उनले ‘सिटी अफ गड’, ‘बम्बई मार्च’, ‘कार्यास्थन’, वान वे टिकेट’, ‘अथभुता द्विपु’ लगायत फिल्ममा काम गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖