• Tuesday 6th of October 2026

नेपाललाई चौथो सफलता, कप्तान रोहितले लिए पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई कप्तान रोहितकुमार पौडेलले चौथो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका सर्विन मुनियन्दीलाई रोहितले ‘कट एन्ड बोल्ड’ गरे । मुनियन्दीले मलेसियाको खातामा १३ रन थपे ।

जारी खेलको १४ ओभर समाप्त हुँदा मलेसियाले चार विकेट गुमाएर ११९ रन बनाएको छ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया यसअघि पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖