• Tuesday 6th of October 2026

भोलि नेपाल भर्सेस युएई , यस्त छ हेड टु हेड


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले भोलि युएईसँग खेल्दैछ। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।
भोलि ११ बजे मुलपानी मैदानमा हुने यो खेल नेपालका लागि महत्वपूर्ण छ। किनकी नेपाललाई १० वर्षपछि टी-२० विश्वकपमा छनोट हुने अवसर छ।

नेपाल र युएईबीच टी-२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।

अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।

मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो। फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो।

त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो।

त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टी-२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो।

सन् २०१९ मा नेपाल र युएईबीच भएको टी-२० सिरिजमा नेपालले तीन मध्ये दुई खेलमा जित निकालेको थियो। सो सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो। तर दोस्रो र तेस्रो खेल जित्दै नेपालले सिरिज २-१ ले जितेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖