• Tuesday 6th of October 2026

नेपालले पावर प्लेका ३ ओभरमा दियो मात्र १२ रन


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले पावर प्लेमा २ विकेट गुमाएर ४१ रन जोडेको छ ।

यूएईले पावर प्लेका अन्तिम ३ ओभरमा १२ रन मात्र जोड्न सक्यो । त्यसअघि सुरुका तीन ओभरमा २९ रन जोडेको थियो । त्यसपछि एकै ओभरमा दुवै ओपनरलाई गुमाएपछि यूएईको रनको गति कम भएको हो ।

चौथो ओभरमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गरे भने कप्तान मुहम्मद वासिमको विकेट लिए । वासिमले २६ रन जोडे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖