काठमाडौँ — काठमाडौं महानगरपालिकाले भदौं १५ गते शुक्रबारका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।
उक्त दिन महानगरपालिकाको पहिलो स्थानीय राजपत्र प्रकाशित भएको र सोही दिन सापारु र रोपाइँ जात्रासमेत पर्ने भएको भन्दै महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
महानगरपालिकाको पहिलो स्थानीय राजपत्र २०६० साल भदौ १३ गते प्रकाशित भएको थियो । त्यही मितिलाई आधार मानेर महानगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।
सो बिदा महानगरपालिका क्षेत्रभित्र, महानगरपालिका मातहतका निकायमा मात्रै लागू हुनेछ ।
