• Thursday 8th of October 2026

सन्दीपले केपि ओली कप खेल्ने


  • धनकुटा खबर
  • .

नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखी पोखरामा हुने केपि ओलि कप टि२० प्रतियोगिता खेल्ने भएका छन् ।

सन्दिपले बागमती प्रदेशबाट उक्त प्रतियोगिता खेल्ने भएका हुन् । बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउदा सन्दिप पनि टोलिमा छ्न् ।

सम्भव त सन्दिपले टोलीको कप्तानी गर्नेछन् ।
बागमतीको टोलिमा सन्दिप र प्रतिश जिसि नेपाली टोलिबाट खेली सकेका खेलाडी छन् । सिनियर टोलिमा परि सकेका सुर्य तामाङ पनि टोलिमा छन् ।

सन्दिपले २०२१ को इपिएलपछि पहिलो पटक घरेलु क्रिकेट खेल्न लागेका हुन् । त्यो समय उनले काठमाडौ किंग्स ११बाट कप्तानी गरेका थिए । त्यसै वर्ष काठमाडौ मेयर्स कपमा मेयर ११ को कप्तानी गरेका थिए । सन्दिप विदेशी लिगमा ब्यस्त हुदा घरेलु खेल्नी गरेका थिएनन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ६ देखि १६ गतेसम्म पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖