• Monday 5th of October 2026

१८ वर्षदेखि रोगसँग जुधिरहेका छन् प्रियंका चोपडाका श्रीमान


  • धनकुटा खबर
  • .

हलिउड अभिनेता तथा गायक निक जोनसको रोग बारेमा खुलासा भएको छ। उनी विगत १८ वर्षदेखि मधुमेह (डायबिटीज) रोगबाट जुध्दै आएका छन्। बलिउड अभिनेत्री प्रियंका चोपडाले श्रीमान निकलाई हेरचाह गर्दै आएकी छन्।

यही रोगको कारण निकको धेरै पटक ब्लड सुगरको मात्रा पनि कम भएको छ। प्रियंकाले निकलाई एक एपमार्फत ब्लड सुगर बढेको घटेको ख्याल राख्छिन्। कहिलेकाही प्रिंयका कामको लागि घर बाहिर जानु पर्ने हुन्छ। यतिबेला प्रियंकाले निकको ब्लड सुगरको परिणामबारे भाइलाई जानकारी दिएर जान्छिन्।

निकले आफ्नो स्वास्थ्यको जानकारी दिनु भनेको एकदम महत्वपूर्ण हुने बताउँछन्। कुन समयमा के हुन्छ थाहा नहुने कारण यो हरेक समय सावधान समेत रहनुपर्ने उनले बताए। उनले प्रियंकाको प्रशंसा गर्दै भने, ‘प्रियंकाले मेरो बिमारी पुरा ध्यान राख्छिन्। उनलाई कुन अवस्थामा के गर्नुपर्छ सबै थाहा छ। उनी एक असल श्रीमतीसँगै प्यारी आमा पनि हुन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖