• Thursday 8th of October 2026

अस्ट्रेलियाविरूद्ध दबाबका बावजुद कोहलीको अर्धशतक


  • धनकुटा खबर
  • .

आइसिसी एकदिवसीय क्रिकेट अहिले घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले भारतले दुवै ओपनरसहित तीन गुमाएको छ।

यद्यपी खेलमा विराट कोहलीले अर्धशतक प्रहार गरेका छन्। उनले ५६ बलमा ४ चौकाको मद्दतमा ५० रन पूरा गरे। त्यतिबेला भारतले २५.१ ओभरमा ३ विकेटको क्षतिमा १३२ रन जोडेको थियो। भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।
दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

अर्को ओभरमा कप्तान पास कमिङ्गसले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो।

१ लाख ३० हजार दर्शक आउटने रंगशाला हुने खेलका लागि दुवै टिमले कुनै खेलाडी परिवर्तन गरेका छैनन्।

आजको खेल अहमदाबादको पिच नम्बर पाँचमा भइरहेको छ। यो पिच भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएको पिचभन्दा फरक हो।
रवि शास्त्रीकाअनुसार यो पिच सुख्खा देखिएको छ। स्पिनरका लागि पिचले फाइदा हुने उनको विश्लेषण छ। उनका अनुसार पहिले ब्याटिङ गरेर ठूलो स्कोर बनाउने टिमका लागि खेल सजिलो हुने देखिन्छ।

खेलमा अस्ट्रेलियाका लागि स्पिनर एडम जाम्पा महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ।

जारी विश्वकपमा यो मैदानमा चार खेल भएका छन्। जसमा लक्ष्य पछ्याउने टिमले तीन खेल जितेका छन्। जारी विश्वकपको खेलमा यो मैदानमा ब्याटिङ पहिले गरेर जित्ने टिम अस्ट्रेलिया मात्र हो।
भारतीय टोलीले अहमदाबादमा कुल १९ खेल खेलेको छ। भारतले यहाँ ११ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ। अस्ट्रेलियाले यो मैदानमा कुल ६ खेल खेलेको छ जसमध्ये ४ मा जित र २ हार बेहोरेको छ।

मैदानमा अहिलेसम्म ३२ खेल भएका छन्। जसमध्ये १७ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेको छ भने १५ खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ। यस मैदानमा पहिलो इनिङ्समा औसत स्कोर २३७ रहेको छ भने दोस्रो इनिङ्समा औसत स्कोर २०७ रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖