• Thursday 8th of October 2026

केपी ओली कप टी-२० क्रिकेट : मधेश प्रदेशको टोली घोषणा


  • धनकुटा खबर
  • .

५ मंसिर, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको लागि मधेश प्रदेशको टोली घोषणा भएको छ ।

मधेश प्रदेश क्रिकेट संघले मंगलबार हरिशंकर साहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

मधेशको टिममा कप्तान हरिशंकरसहित राष्ट्रिय टिमबाट खेलिसकेका विकेटकिपर अनिलकुमार साह र पवन सर्राफ पनि छन् ।

केपी ओली टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टोली गरी कूल १२ टोलीको सहभागिता छ । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ए मा छन् । यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह सी तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह डी मा छन् ।

समूह सी मा रहेको मधेश प्रदेशले पहिलो खेल मंसिर १० गते नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

हरेक समूहको विजेता मात्र सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ए को विजेता र समूह डी को विजेता तथा समूह बी को विजेता र समूह सी को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

मधेशको टोली
हरिशंकर झा (कप्तान), इमरान शेद, मायान यादव, अनिल कुमार शाह (विकेटकिपर), पवन सर्राफ, राकेश कामत, विशाल सुस्लिङ, रोह विक, विशाल पटेल, पार्थिव यादव, रुपेश सिंह, संसद अन्सारी, प्रदिप पासवान, हिमान्शु दत्त ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖