• Thursday 8th of October 2026

गौतम गम्भीर कोलकाता नाइटराइडर्समा फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं । आईपीएल २०२४ अघि पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले लखनऊ सुपर जायन्ट्सको मेन्टरको पदबाट राजीनामा दिएका छन्। उनी कोलकाता नाइट राइडर्सको टोलीमा मेन्टरका रूपमा आबद्ध भएका छन् ।

सामाजिक सञ्जालमा यो जानकारी दिँदै उनले लेखेका छन्, ‘म फर्किएँ, मेरो नम्बर अहिले २३ हो ।’ यसअघि एलएसजीबाट राजीनामा दिँदै उनले लेखेका थिए, “म लखनऊ सुपर जाइन्ट्ससँगको मेरो अद्भुत यात्राको अन्त्यको घोषणा गर्दैछु। म यस यात्रालाई यादगार बनाउने हरेक खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई धन्यवाद दिन्छु।”

उनले भने, “म डाक्टर सञ्जीव गोयन्कालाई हृदयदेखि धन्यवाद दिन्छु जसले प्रेरणादायी नेतृत्व प्रदान गरि मलाई निरन्तर साथ दिनुभयो। म विश्वस्त छु कि यो टोलीले भविष्यमा धेरै राम्रो गर्नेछ र हरेक फ्यानलाई गर्व हुनेछ।”

वास्तवमा, लखनऊ सुपर जायन्ट्ससँग मेन्टरको रूपमा जोडिएका गौतम गम्भीर अर्को वर्ष त्यहाँ रहने छैनन्। यसरी केएल राहुलको नेतृत्वमा रहेको लखनउ सुपर जायन्ट्सले गौतम गम्भीरको मेन्टरसिप बिना खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖