• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पहिचानको सवाललाई एमालेले सबैभन्दा बढि सम्बोधन गरेको छः केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीले पहिचानको सवाललाई सबैभन्दा बढि सम्बोधन गरेको दाबी गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को अभियान उद्घाटनका लागि बैतडीमा रहेका ओलीले गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘पहिचानको सवाल नेकपा (एमाले) ले सबैभन्दा बढि सम्बोधन गरेको छ,’– उनले भने ।

यद्यपि, एमालेलाई पहिचान विरोधी शक्तिको रुपमा व्याख्या गर्ने गरिएको छ । कोशी प्रदेशका पहिचानवादीहरुले एमालेका नेता योगेश भट्टराई, स्वर्गीय सुवास नेम्वाङ, केपी ओली, हिक्कत कार्की, राम राणा लगायतलाई पहिचान विरोधी भन्दै आक्रणको प्रयास गरेका थिए ।

एमालेले जनता भाँड्ने काम नगर्ने र यस्ता गतिविधिलाई निस्तेज पार्ने उनको भनाई छ । देश बनाउने जिम्मा एमालेले लिने उनले बताए । एमालेले बाहिर निस्किएर जाडोको महिनामा गरम् अभियान चलाइरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖