• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भुटानी शरणार्थी प्रकरण: को-को परे थुनामै ?


  • धनकुटा खबर
  • .

नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता तीर्थराज भट्टराई जानकारी दिए।

यस्तै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ।

पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाललाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो।

सोही प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच मत बाझिएको छ।

खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

अब तेस्रो न्यायाधीशसमक्ष यो विवाद प्रस्तुत गरिनेछ। पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धराैटीमा छाड्ने आदेश गरेका छन् भने त्यसमा न्यायाधीश प्रकाश खरेलले असहमति जनाउँदै थुनामै राख्नुपर्ने आदेश गरेका छन् ।

अर्को आदेश नभएसम्म खाँण पनि थुनामै रहनेछन्।

यस्तै इन्द्रजित राई, आङटावा शेर्पा पनि थुनामै राख्न उच्च अदालतले भनेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन्।

टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख धरौटी माग भएको छ। टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्। रामशरण केसीसँग १५ लाख धरौटी माग भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖