• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसका नेता तथा पूर्व सांसद आङटावा शेर्पालाई थुनामै राख्न अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद आङटावा शेर्पा थुनामै रहने भएका छन् ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै शेर्पालाई थुनामै राख्न भनेको हो ।

अभियोग दाबीबाट कसुर पुष्टि हुने देखिएको भन्दै उनलाई छाड्न अदालतले अस्वीकार गरेको हो ।

त्यस्तै अभियुक्तहरु नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत लाई पनि थुनामै राख्न अदालतले भनेको छ । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको हकमा भने न्यायाधीशहरुबीच मत बाढिएपछि अर्को इजलासले निर्णयगर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖