• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

क्यासिनोमा नेपालीलाई भारतीय बनाएर प्रवेश गराउने गिरोह पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। राजधानीका विभिन्न क्यासिनोमा नेपालीलाई प्रवेश गराउन भारतीय आधार कार्ड बनाईदिने गिरोह पक्राउ परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ स्थायी घर भई काठमाडौंको बुढानिलकन्ठ बस्दै आएका ४७ वर्षीय गोविन्द खड्का, ओखलढुंगाको चिसंखुगढी स्थायी घर भई ललितपुरको नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देहीको तिलोत्तमा घर भई काठमाडौंको तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेका छन्।

नेपालीहरुलाई क्यासिनोमा प्रवेश गर्न प्रतिबन्ध छ। त्यसैले उनीहरु भारतीय आधार कार्ड देखाएर प्रवेश गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖