• Monday 5th of October 2026

बिहान छिटो उठ्दा स्वास्थ्यमा हुन्छ यस्तो फाइदा


  • धनकुटा खबर
  • .

तपाईं बिहान कतिबजे उठ्नुहुन्छ ? ४ बजे, ५ बजे वा ७–८ बजे ? यो समय आ–आफ्नै हुन्छ। कहिले सुत्ने र कहिले उठ्ने त्यो कुनै खास निमय त छैन। तर, मानिसको जीवनमा सुत्ने र उठ्ने दिनचर्या खराब हुँदा समस्याहरू पनि पैदा हुन्छ।

सुत्ने र उठ्ने समय निमल्दा मानसिक रोग, मोटोपना, आलस्यता र हृदयघातसम्बन्धि समस्या हुनसक्छ। यसबाट बच्नका लागि समयमै सुत्नुपर्ने र समयमै उठ्नु पर्ने चिकित्सक सुझाउँछन्।

निन्द्राको कमी, व्यायामको अभाव, सधैं घरभित्र रहनु, धेरै समय अँध्यारोमा बिताउनाले मानसिक रोग देखिन सक्छ।

आज हामीले बिहान छिट्दै उठ्दा स्वास्थ्यमा कस्तो फाइदा हुन्छ ? जानकारी गराउँदै छौँ।

–बिहान छिटो उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो मुटुलाइ स्वस्थ रहनबाट सहयोग गर्छ। शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नका लागि अति आवश्यक हुन्छ।

–जो मान्छे बिहान छिटो उठेर व्यायाम गर्छ उनीहरुलाई हृदयघात रोगको सम्भावना निकै कम हुन्छ।

–बिहान छिटो उठ्नाले डिप्रेशनको समस्या हुनबाट बचाउँछ। सम्पूर्ण दिन ताजा महसुस हुन्छ।

–ब्लडप्रेसरको समस्या निम्तिदैन वा कम हुन्छ।

–यदि तपाईं बिहान उठेर पढ्नुहुन्छ हुन्छ भने बिहानको पढाइले तपाईंलाई धेरै चिज छिटो याद लिन सहयोग गर्छ।

–बिहानको समयमा तपाईंले पढाइलाई सक्नुभयो भने अन्य आफ्ना रुचिका विषयलाई पनि समय दिन सक्नुहुन्छ।

(मुटुरोग विशेषज्ञ प्रेमराज वैद्यसँग बिएल नेपाली सेवाकर्मी मिनु गोलेले गरेको कुराकानीको आधारमा तयार पारिएको सामग्री)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖