• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

करिब तीन वर्षीया बालिका अलपत्र अवस्थामा फेला


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीको धनगढीमा करिब तीन वर्षीया बालिका अलपत्र अवस्थामा फेला परेकी छन्।

आज ती बालिका धनगढीको बोराडाँडीमा अलपत्र अवस्थामा फेला परेकी हुन्।

अलपत्र अवस्थामा रोइरहेको अवस्थामा स्थानीय सागर क्षेत्रीलगायत युवाहरुले सकुशल ती बालिकाको उद्धार गरेका छन्। तर, बालिकाको पहिचान भने खुलेको छैन। कहाँबाट कसरी बोराडाँडीमा आइपुगिन कुनै जानकारी नभएको उद्धारमा संलग्न युवाहरुले बताएका छन्।

अहिले ती बालिकाकालाई एक होटलमा राखेर आफन्त आउने पर्खामा रहेको क्षेत्रीले बताए। बालिकाले खाना समेत खान मानेकी छैनन्।

रोइरहेकी बालिकालाई लामो समय राख्न मुश्किल भइरहेकाले आफन्तको खोजीकार्यमा सहयोग गरिदिन क्षेत्रीसहितको समूहले सबैलाई आग्रह गरेको छ।-दिनेश खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖