• Monday 5th of October 2026

सुटिङको क्रममा अभिनेता वरुण धवन घाइते


  • धनकुटा खबर
  • .

मुम्बई । अभिनेता वरुण धवन घाइते भएका छन् । फिल्म भिडी १८ को सुटिङ सिलसिलामा उनी घाइते भएका हुन् । आफु घाइते भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले सुटिङका क्रममा आफ्नो खुट्टा फलामसँग ठोकिएकोले चोट लागेको बताएका छन् ।

फिल्मको निर्देशन कलीसले गरिरहेका छन् । फिल्मका निर्माता एटली र मुराद खेतानी रहेका छन् । फिल्ममा बरुणको अलवा कीर्ति सुरेश, वामिका गब्बीको अभिनय रहनेछ । फिल्ममा बरुण पुरै एक्सन अवतारमा देखिनेछन् । हालै वरुण फिल्म ‘बवाल’ मा जाह्वी कपुरसँग देखिएका थिए । फिल्म ओटिटिमा रिलिज भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖