• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसकारण परे पूर्व सई पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा नेपाल प्रहरीका बहालवाला कर्मचारीविरुद्ध जथाभावी गर्ने एक जना पूर्व प्रहरी नायब निरीक्षक(सई) पक्राउ परेका छन् ।

पूर्व प्रहरी नायब निरीक्षक मदन धामीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार धामीलाई धनगढी उपमहानगरपालिका वडा २ स्थित घर नजिकैबाट पक्राउ गरिएको हो ।

धामीलाई जिल्ला प्रहरी कार्यालयका थुनुवा कक्षमा राखिएको छ । नेपाल प्रहरीका बहालवाला कर्मचारीविरुद्ध जथाभावी बेनामी उजुरी हालेर चरित्र हत्या गर्ने, महिलाहरुमाथि दुर्व्यवहार गर्ने जस्ता गतिविधिमा संलग्न भएको अभियोगमा धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ कैलाली शाखामा हालिएको बेनामी पत्र समेत धामीले प्रेषित गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖