• Monday 5th of October 2026

छोरी भएकै कारण आफ्नै घरबाट निकालिएकि नायिका पूजा…


  • धनकुटा खबर
  • .

२०४९ साल वैशाख १८ गते सिन्धुपाल्चोकमा जन्मिएकी नायिका पूजा शर्मा सानै उमेरमा घर परिवार बाट बन्जीत हुनु पर्यो । उनले कहिले पनि आफ्नो बाबा बाट माया पाउन सकिनन् कारण थियो उनी छोरी भएर जन्मिनु । छोरी भएर जन्मिएकै कारण परिवार वाट हेलामा परेकी पूजाले बाल्यकाल देखि नै सङ्घर्षपूर्ण जीवन बिताउँदै आएकी हुन । उनका बुवाको चाहना थियो छोरा जन्मियोस् तर उनी जन्मिए पछि छोरी भएकै कारण पूजा र उनकी आमा दुर्गा परिवारबाट अपहेलित हुनु पर्यो ।

” मेरो बाबाको चाहना छोरा होस् भन्ने थियो तर म जन्मिएपछि आमालाई एक्लो बनाए । छोरी भएकै कारण मैले बाबा बाट कहिले पनि माया पाउन सकिन” उनी भन्छिन्

छोरी जन्माइस् भनेर श्रीमान् अनि घर परिवार ले अनेकौं टचर दिन थालेपछि परिवारको हेपाई सहेर बस्न नसकेपछि एक दिन उनकी आमा घर छोडेर निस्किन बाध्य भइन् र सानैमा पूजालाई च्यापेर काठमाडौँ सहर छिरिन् ।

काठमाडौं प्रवेशसँगै चुलियो उनको संघर्ष । काठमाडौं मा बस्न पनि त्यति सजिलो थिएन । दुई छाक टार्न पनि गार्हो हुने गर्थ्यो। बिस्तारै पूजाकी आमाले काम पाउन थालिन अनि काम गरेरै पूजालाई विद्यालय भर्ना गरिदिइन् । अनेकौं संघर्ष गरेर भएपनि दुर्गाले पूजालाई कहिल्यै पनि बुवाको कमीको महसुस हुन भने दिइनन्। पूजाकाे उज्जवल भविष्यका लागि उनले रात दिन काम गर्ने गर्थिन् ।

बिस्तारै पूजा पनि हुर्कदै गईन , उनले एसएलसी पास गरेपछि पढाइसँगै एउटा एनजिओमा पनि काम गर्न थालिन् । उनले आफ्नो जीवनमा एउटा मोड आएको थाहा पाइन् । उनलाई पढाई भन्दा पनि अरू काममा रुचि लाग्थ्यो । नाच्ने र अभिनय गर्ने काम गर्न उनलाई मन पराउँथिन् । उनी सानै देखि सुगम पोखरेल को फ्यान थिइन्। पछि उनै सुगमलाई भेटेपछि अभिनयतर्फ उनको पहिलो पाइला माेडियाे र उनले बिस्तारै म्युजिक भिडियोमा काम गर्न थालिन् ।

मा काम गर्न पनि पूजालाई तेती सहज भने थिएन अभिनयमा अब्बल नभएका कारण उनले धेरै संघर्ष गर्नुपर्याे । नराम्रा प्रतिक्रिया, घाेचपेच झेल्नुपर्याे । “सुरु सुरुमा ए यस्तो पनि हिरोइन हुन्छ, यसले के गर्न सक्छ र ? भन्ने मान्छेहरु पनि धेरै थिए ।” एक युट्युब कार्यक्रममा विगत सम्झिँदै पूजाले भनेकी छिन्– ‘अनि म घरमा गएर मसँग के कमि छ भनेर ऐना हेरेर रुने गर्थेँ । अरु यति राम्री हुन्छन्, म राम्री छैन भनेर अनुहार बेस्सरी चिथोर्थेँ रिसले ।’

उनले सुरुवाती अभिनय गरेका मधुमास, अझै पनि, थ्रि लभर्स, चङ्खे शङ्खे पङ्खे लगायत चलचित्र फ्लप भए । अनि पूजालाई बिस्तारै अभिनय तिर पनि आशा मरिसकेको थियो । यस्तै संघर्षका बिच सुदर्शनले फेरि अर्को अवसर दिए । लगातार ३ वटा फिल्म फ्लप भएपछि हरेस खाएकी पुजालाई सुदर्शनले आफ्नो चलचित्र ‘प्रेमगीत’ मा अफर गरे, हिरोको रूपमा प्रदीप खड्का थिए । चलचित्र हिट भयो, जताततै पुजा र प्रदीपको चर्चा । चलचित्रले बक्स अफिस पनि ततायो । उक्त चलचित्रपछि पूजाले पछाडि फर्केर हेर्नु परेको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖