• Monday 5th of October 2026

विश्व चर्चित कोरियाली चलचित्र प्यारासाइटका नायकको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । ओस्कार विजेता विश्व प्रसिद्ध कोरियाली चलचित्र प्यारासाइटका नायकको मृत्यु भएको छ ।

बीबीसीका अनुसार दक्षिण कोरियाली नायक ली सुन क्युनको ४८ वर्षको उमेरमा निधन भएको हो ।

दक्षिण कोरियाको राजधानी सिओलको कार पार्कमा बेहोस अवस्थामा रहेका उनी पछि मृत घोषित भएका हुन् ।

यद्यपि नायक आफैँले आफूलाई मारेका हुन वा अरू कुनै कारण हो भन्नेमा कुनै यकिन नभएको बिबिसीले उल्लेख गरेको छ ।

नायकले घर छोड्नु अगाडि केहि लेखेर गएको बताइएको छ । तर, के लेखेका थिए भन्ने अहिलेसम्म खुलाइएको छैन ।

उनी गत अक्टोबरबाट लागूऔषध प्रयोग गरेको आरोपमा प्रहरीको छानबिनमा परेका थिए ।

सन २०१९ मा विश्व बजार तताएको प्यारासाइट चलचित्रका चर्चित नायकको रूपमा चिनिएका उनी चलचित्रमा एक धनाड्य पार्क दोङ इक नामको पात्रको रूपमा खेलेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖