• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनले चढाए साढे आठ करोड भेटी !


  • धनकुटा खबर
  • .

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।

हालसम्म भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार मङ्सिर मसान्त सम्ममा कुल आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपियाँ भेटी रकम सङ्कलन भएको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपियाँ भेटी सङ्कलन भएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖