• Monday 5th of October 2026

रहेनन् ‘मदर इन्डिया’ अभिनेता साजिद खान


  • धनकुटा खबर
  • .

‘मदर इन्डिया’ अभिनेता साजिद खानको निधन भएको छ।

७१ वर्षिय खानको २२ डिसेम्बरमा निधन भएको हो। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनी क्यान्सर पीडित थिए।
‘उहाँ केही समयदेखि क्यान्सरसँग लडिरहनु भएको थियो,’ उनका छोरा समीरले भनेका छन्।

साजिद खान महबूब खानको फिल्म ‘मदर इन्डिया’ मा देखिएका थिए। फिल्ममा उनले बिरजु पात्रको भूमिका निवार्ह गरेका थिए। उनले अमेरिकामा समेत आफ्नो पहिचान बनाएका छन्। उनले अमेरिकी टेलिशृंखला ‘द बिग भ्याली’ मा अभिनय गरेका थिए।

साथै उनले फिलिपिन्स टेलिशृंखला ‘द सिंगिङ फिलिपिना’ र ‘माई फनी गर्ल’ मा अभिनय गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖