• Monday 5th of October 2026

नेपाली कथानक गीति चलचित्र भाग्य सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र ”भाग्य” जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा  निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग) को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो । लगभग चार बर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा प्रदर्शनीपछि युटुवमा सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्रको निमित्त २०७६ साल जेष्ठ १ गते नेपाल सरकार केन्द्रिय चलचित्र जाँच पास समितिबाट पास भएको थियो ।

  सम्पूर्ण अभिनय र पूर्ण कथा चलचित्र सुरु हुँदादेखि अन्तसम्म गीत कै माध्यमबाट बिना वार्तालाप अभिनयको माध्यमबाट दर्शक स्रोतालाई मनोरञ्जन दिनेगरी नेपाली चलचित्र जगतमा अहिलेसम्म नेपाली कथानक गीति चलचित्र डा. भोला रिजालबाट लेखिएको गौंथली (खण्ड काव्यमा आधारित) नेपाली कथानक चलचित्र पहिलो गीति चलचित्र हो भने विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को भाग्य (गीतिकवितामा आधारित) नेपाली कथानक गीति चलचित्र नेपाली इतिहासकै दोश्रो गीति चलचित्र बन्न सफल भएको छ । एउटै चलचित्रभित्र अहिलेसम्मकै सबैभन्दा बढी विभिन्न गायक / गायिकाहरूको आवाजमा गीत रहेको  चलचित्र भाग्य बन्न सफल भएको छ भने चलचित्रमा दिना थामी, रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्का लगायत एक दर्जनभन्दा बढी गायक / गायिकाहरूको स्वर रहेको छ ।

     बोलीचालीमा गरिने अभिनयभन्दा फरक नयाँ प्रयोग अनि वार्तालाप बिना कुराकानी नभै गीतबाट अभिनय गर्नु र दर्शक स्रोतालाई मनोरञ्जन दिनु फिल्मको मुख्य उदेश्य रहेको छ । चन्द्र निगाहपुर स्थित ब्रोसिस डिजिटल सिनेमा हलमा २०७६ जेष्ठ १५ गतेबाट पहिलो प्रदर्शनी र काठमाडौंमा २०८० हालसालै प्रदर्शनी गरिएको थियो । यसैगरी चलचित्र भाग्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भएर उत्कृष्टताको थुप्रै अवार्ड प्राप्त गरिसकेको र अझै पनि विभिन्न अवार्ड कार्यक्रमहरूमा सहभागिता जनाइ रहेको छ । चलचित्रमा सुरज गराच (यसराज), नीता ढुंगाना, सुनिल कटुवाल, अदिति श्रेष्ठ, पूर्णिमा लामा, विशाल के.सी, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, निजल लामा, आयुषा श्रेष्ठ, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सूर्य कमल राई, शंकर घतानी, रमेश एकल, नरेन्द्र भट्टराई, विष्णु के.सी, असिम शेर्पा, अतित लिम्बु, सुरेन्द्र अमात्य, जीवन शाही, तुलशा कटुवाल, छेकु लामा, निषा श्रेष्ठ र रोशन कुमार आदिको अभिनय रहेको छ ।

   काठमाडौ बाहिर चन्द्रनिगाहपुर र काठमाडौमा प्रदर्शनी भएको उक्त चलचित्र हेर्ने सबै दर्शकहरूको प्रतिक्रिया अनुसार  अहिलेसम्म नै यस्तो चलचित्र नबनेको र सायदै यस्तो चलचित्र बन्न मुस्किल नै हुने प्रतिक्रिया आम दर्शकहरूले व्यक्त गरिएको थियो । संगीतकारको सङ्गीत, लेखकको लेखन शैली, निर्देशकको निर्देशन, कलाकारहरूको उत्कृष्ट अभिनय र फिल्ममा जोडिएका सम्पूर्ण व्यक्तिहरूको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको निर्माता सरिता महर्जनको भनाइ रहेको छ । भाग्य गीतिचलचित्रको शुभ मुर्हत समारोह २०७३ साउन ३२ गते भएको थियो । रोशन कुमार श्रेष्ठद्वारा फिल्मको निर्देशन गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖