• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वरिष्ठ पत्रकार पोखरेलको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ — वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन भएको छ ।पारिवारिक श्रोतका अनुसार सोमबार बिहान साढे दश बजे काठमाडौंमा उनको निधन भएको हो । ८८ वर्षीय पोखरेल केही वर्षयता फोक्सो र मुटुको समस्याले ग्रस्त थिए ।

राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट सेवा प्रवेश गर्दै कायममुकायम महाप्रबन्धकसमेत भएका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक तथा पूर्वअध्यक्ष समेत हुन् । पोखरेल गोरखापत्रको प्रधानसम्पादक समेत भए ।

नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने पोखरेल मानव अधिकार आयोगको सदस्य समेत भए । उनको पशुपति आर्यघाटमा मंगलबार दिउँसो दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। उनी पूर्वीय दर्शनका प्रख्यात विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका साइँला छोरा हुन् । उनका एक श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖