• Monday 5th of October 2026

सन्नी लियोनीले ल्याइन् आफ्नो एआई अवतार


  • धनकुटा खबर
  • .

काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनीलाई आज कुनै पहिचानको खाँचो छैन । नायिकाले हिन्दी सिनेमामा आफ्नो लागि राम्रो स्थान बनाएकी छिन् । अभिनेत्री सन्नी लियोनी अब पहिलो बलिउड स्टार बनेकी छिन्, जसको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्यारेक्टर छ । उनले बुधबार मुम्बईमा एक भव्य कार्यक्रममा लन्च गरिन् ।

कार्यक्रममा अभिनेत्रीले आफ्ना फ्यानहरूलाई आफ्नो एआई अवतारको परिचय गराएकी थिइन् । सन्नीले आफ्नो पति डेनियल वेबरले आर्टिफिसियल इन्टेलिजेन्स बनाउन प्रेरित गरेको खुलासा गरिन् । सन्नीले भनिन्, “प्रविधिको कुरा गर्दा मेरो श्रीमान् सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँ र सम्पूर्ण टोलीलाई धन्यवाद, म आफ्नै एआई अवतार प्राप्त गर्ने पहिलो बलिउड सेलिब्रेटी बन्ने उपलब्धि हासिल गर्न सफल भएँ।

सनीले आफ्नो एआई अवतारको निर्णयलाई प्रगतिशील जोखिम भनेकी छिन् । एआई बारे आफ्नो विचार साझा गर्दै सनीले भने, “आज धेरै एआई अवतारहरू र सेलिब्रेटीहरूको क्लोनहरू गलत व्यक्तिहरूले इन्टरनेटमा सिर्जना गरिरहेका छन् । क्लोनिङ जसरी पनि हुन गइरहेको छ । त्यसैले मैले सोचेँ कि अरूले गर्नु अघि म यो गर्छु । “

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖