• Tuesday 6th of October 2026

पाकिस्तानमा दुई सैनिकसहित चार जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इस्लामावाद । पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाका मृत्यु भएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखाले बुधबार राति पख्तुनख्वा प्रान्तको लक्की कारवत जिल्लामा सुरक्षा बल र सशस्त्र समूहबिच झडप भएको जनाएको छ ।

सेनाले गोलाबारीमा संलग्न दुई आतङ्ककारी सैन्य कारबाहीमा मारिएको र दुई सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

सेनाले घटनास्थलबाट उक्त समूहको साथबाट हतियार, गोली तथा विस्फोटक पदार्थ बरामद गरिएको बताएको छ ।-(रासस/सिन्ह्वा)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖