• Monday 5th of October 2026

गायक सनम पुरीले गरे बिहे


  • धनकुटा खबर
  • .

भारतीय गायक सनम पुरीले विवाह गरेका छन्।
बिहीबार उनले प्रेमिका जुचोबेनी तुंगोसँग विवाह गरेका हुन्। उनीहरूले क्रिश्चियन रितिरिवाज अनुसार विवाह गरेका थिए। ।

उनीहरूको विवाहको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जुचोबेनी तुंगो पनि गायिका तथा मोडल हुन्। उनीहरूले सामाजिक सञ्जालमा एक-अर्काको तस्बिर पोस्ट गरिरहेका हुन्थे।

सनम पुरी हिन्दी कभर गीत सुन्ने धेरैका प्रिय गायक हुन्। पप-रक ‘सनम’ ब्यान्डका गायक सनमले बलिउडका नयाँ तथा पुराना गीतका कभरबाहेक बलिउड फिल्ममा ओरिजिनल गीतसमेत गाएका छन्।

उनले ‘हसी तो फसी’ र ‘स्टुडेन्ट अफ द इयर’ जस्ता चर्चित फिल्ममा गीत गाएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖