• Monday 5th of October 2026

फिल्म निर्माण गर्दै ‘सक्किगोनी’का ‘बले’


  • धनकुटा खबर
  • .

काठमाडौं । दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन् ।

सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको स्वीकारे । उनका अनुसार फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको छ ।

‘वान लाइन स्टोरीपछि पहिलो ड्राफ्ट तयार भइसकेको छ । हामी चैतसम्ममा सेकेण्ड ड्राफ्ट फाइनल गरिसक्छौं’, उनले भने । सागरले आगामी वर्षको तिहार पछि सुटिङका लागि फ्लोरमा जाने तयारी भइरहेको बताए । ‘अहिले आफ्नै व्यस्तताले स्क्रिप्टमा समय दिन सकेको छुइनँ ।

हप्तामा तीन दिन ‘सक्किगोनि’ को सुटिङ गर्नुपर्छ । त्यसपछि बाँकी तीन दिन मेला महोत्सवमा दिनै पर्यो । भएको एकदिनको समय म्युजिक भिडियोमा नै जान्छ’, सागरले भने, ‘अब व्यस्ततालाई केही समय थाँती राखेर फिल्मको काममा ध्यान दिने योजना बनाएको छु ।’

फिल्म ‘लोफर’बाट फिल्मको अभिनय यात्रा सुरु गरेका सागरले त्यसपछि ‘लज्जा’ र ‘हैरान’मा पनि अभिनय गरेका छन् ।

सागरले आफ्नो फिल्म प्रेमकथासँगै कमेडी फ्लेभरको हुने जानकारी दिए ।

‘फिल्मका कलाकारदेखि प्राविधिक फाइनलको काम स्क्रिप्ट लक गरेपछि सुरु गर्नेछौं’, उनले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖