• Tuesday 6th of October 2026

उडिरहेको विमानमा यात्रीले क्रुमेम्बरको पाखुरा टोकेपछि…


  • धनकुटा खबर
  • .

टोकियो । जापानको टोकियोबाट अमेरिकातर्फ उडेको एउटा विमान आकाशबाट पुनः विमानस्थल नै फर्किएको छ । मदमत्त जना यात्रीले उडानको बिचमा क्रु मेम्बरको पाखुरामा टोकेपछि घरेलु विमान सेवा प्रदायक आनाको फ्लाइट टोकियोको हानेदा विमानस्थलमै फर्किएको थियो ।

क्याबिन अटेन्डेन्टको पाखुरामा टोक्ने यात्री ५५ वर्षीय अमेरिकी नागरिक थिए । घटनाको समयमा उनी नसामा भएको बताइएको छ । फ्लाइट अटेन्डेन्टको पाखुरामा चोट लागेको बताइएको छ । घटनाको समयमा आफूले निद्रा लाग्ने औषधि खाएकोले घटनाबारे केही पनि याद नभएको दोषीको भनाई छ । विमान उडेर प्रशान्त महासागर माथि पुगेको थियो ।

यो घटनापछि १५९ जना यात्रु सवार विमानलाई फर्काइएको थियो । दोषीलाई प्रहरीको जिम्मा लगाइएको थियो । जापानको हवाई क्षेत्रमा पछिल्लो समय हलचल मच्चिएको छ । हालैका दिना आनाको उडानमा आएको यो दोस्रो समस्या थियो । शनिबार आनाको एउटा घरेलु फ्लाइटका क्रममा ककपिटको झ्यालको शिशा फुटेको भेटिएपछि उडिसकेको विमान पुनः विमानस्थलमै फर्काइएको थियो ।

हानेदा विमानस्थलमा जनवरी २ मा जापान एयरलाइन्सको विमान धावनमार्गमा कोष्ट गार्डको विमानसँग ठोक्किएको थियो । जापान एयरलाइन्सको विमानमा ३७९ जना यात्री सवार थिए । उक्त विमानको यात्रीहरु सबै सकुशल थिए । तर कोष्ट गार्डको विमानका ६ मध्ये ५ जनाको मृत्यु भएको थियो । मंगलबार पनि कोरियन एयर र क्याथी प्यासिफिकको विमानको पंखा होक्काइदोको एउटा विमानस्थलमा ठोक्किएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖