• Tuesday 6th of October 2026

विद्यालयमा आगलागी हुँदा १३ जनाको गयो ज्यान


  • धनकुटा खबर
  • .

चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको ज्यान गएको छ । हेनान प्रान्तको याङसाम्फु गाउँमा सञ्चालित प्राइमरी र नर्सरी स्कुलमा गएराति आगलागी भएको हो ।

आगलागीमा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको बीबीसी हिन्दीले जनाएको छ । आगलागीमा परि घाइते भएका एक जनाको उपचार भइरहेको छ।

चीनको समाचार संस्था शिन्हुआले विद्यालयका सञ्चालकलाई पक्राउ गरी आगलागीको घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यसअघि गएको नोभेम्बर २६ मा चीनको शान्सी प्रान्तको एक कारखानामा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖