एजेन्सी । भारतकाे उत्तर प्रदेश अन्तरगत अयाेध्यामा राम मन्दिरकाे प्राण प्रतिस्ठा भब्यताका साथ सम्पन्न भइरहेकाे बेला एक रहस्यमय घटना बाहिरिएकाे छ । राम मन्दिर भएकै स्थानमा पहिला मस्जिद रहेकाे कुरा सार्वजनिक भएकाे हाे ।
अहिले राम मन्दिर रहेको स्थानमा १६ औं शताब्दीमा बनेको बाबरी मस्जिद रहेकाे पाइएकाे छ । त्यहाँको जमिनलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच वर्षौंदेखि विवाद थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतको हिन्दुको पक्षमा फैसला सुनाएपछि मस्जिद हटाएर राम मन्दिर बनाइएको हो ।
हिन्दुहरुको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिन्छ । हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन् । तर मुस्लिम समुदायले भने आफूहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन् ।
यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । त्यसपछि भडि्कएको दंगामा कम्तिमा २ हजार मानिसको ज्यान गयो । हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले ।
त्यसैले हिन्दु र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो । तर भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय बेञ्चले अयोध्याको विवादित जग्गामा हिन्दूहरुकै हक लाग्ने फैसला गरेको थियो । साथै ट्रष्टमार्फत मन्दिर बनाउन र मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि अदालतले आदेश दिएको थियो ।
