• Tuesday 6th of October 2026

चर्चामा आएकी महक चहल, ‘नागिन ६’ पछि किन भइन् गायब ?


  • धनकुटा खबर
  • .

काठमाडौँ– बलिउड सुपरस्टार सलमान खानसँग फिल्म ‘वान्टेड’ मा देखिएकी महक चहलले फिल्ममा आइटम नम्बर रुपमा शाइनाको भूमिका निर्वाह गरेपछि रातारात चर्चामा आइन् ।

त्यसपछि भने उनी फिल्म उद्योगमा खासै चर्चा कमाउन सकिनन् । १ फेब्रुअरी १९७९ मा नर्वेमा जन्मेकी महकले आज आफ्नो ४५ औँ जन्मदिन मनाइरहेकी छन् ।

महकले आफ्नो २२ वर्ष लामो फिल्म करियरमा धेरै हिन्दी, पञ्जाबी, बंगाली र साउथ फिल्ममा काम गरिसकेकी छन् ।

करिना कपुरको फिल्म ‘चमेली’ बाट आइटम नम्बरबाट सुरुवात गरेकी महकले हिन्दी सिनेमामा धेरैजसो आइटम नम्बरमा देखिएकी छन् ।

अभिनेत्री रियालिटी शो ‘बिग बोस ५’ मा फस्ट रनरअप समेत भएकी महक एकता कपूरको शो ‘नागिन ६’ पछि भने इन्डस्ट्रीबाट गायबजस्तै भएकी छन् । तर, उनी सामाजिक सञ्जालमा निकै सक्रिय नै देखिएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖