• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

४० यात्रु सवार बसका चालकलाई हृदयघात भएपछि…


  • धनकुटा खबर
  • .

भारतको उत्तर प्रदेशमा बस चालकले ४० जना यात्रुको ज्यान जोगाएका छन्। बस चलाउँदै गर्दा बसका चालकलाई अकस्मात हृदयघात हुँदा पनि उनले आफ्नो सुझबुझले बसमा सवार ४० जना यात्रुको ज्यान जोगाएका हुन्।

उत्तर प्रदेशको हरदोई जिल्लाको उक्त घटना पछि अहिले चर्चाको विषय बनेको छ।

बिहीवार दिउँसो बस चालक मान सिंह र खलासी सुरेन्द्र ४० जना यात्रुलाई लिएर कन्नौजका लागि बस लिएर हिँडेका थिए। हरदोई सहरबाट १७ किलोमिटरको दुरी पार गर्दै गरेको बेला चालक मानसिंहको स्वास्थ्यमा समस्या देखियो। श्वासप्रश्वासमा समस्या र मुटु दुख्न थालेपछि उनले बस बीच सडकमै रोकिदिए। बसबाट झरेर थचक्क बसेका मानसिंह सडकमै बेहोस भए।

बस चालकलाई बेहोस भएको देखे पछि बसमा सवार यात्रुहरूले तीनलाई बसमा राखेर बसलाई सिधै अस्पताल पुर्याएका थिए। जहाँ चिकित्सकले मानसिंहलाई मृत घोषणा गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖