• Tuesday 6th of October 2026

माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्ने मितिमा सहमति


  • धनकुटा खबर
  • .

माले । भारत र माल्दिभ्सबिच भारतीय सेना हटाउने विषयमा सहमति भएको छ ।

माल्दिभ्सको विदेश मन्त्रालयका अनुसार दुवै देशले भारतले मार्च १०, २०२४ सम्ममा तीनवटा उड्डयन प्लेटफर्महरूमध्ये एउटाबाट सेना फिर्ता गर्ने सहमति गरेका हुन्।

जबकि बाँकी दुई प्लेटफर्मबाट मे १०, २०२४ सम्ममा सेना फिर्ता गरिने छ। माल्दिभ्सको नयाँ सरकारले भारतीय सेना हटाउन माग गरेपछि यो दोस्रो उच्चस्तरीय बैठक बसेको थियो जसमा यस्तो सहमति भएको हो । तेस्रो उच्चस्तरीय बैठक फेब्रुअरी अन्तिममा बस्ने भएको छ । माल्दिभ्समा ८० भारतीय सैनिकहरू छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖