• Monday 5th of October 2026

कांग्रेस सहमहामन्त्रीलाई खुकुरी प्रहारको विरोधमा बुटवलमा नेविसंघको राँके जुलुस


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्दै भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रवार बुटवलमा राँके जुलुस निकालेको छ ।

घाइते यादवको उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने र अपराधीलाई तुरुन्त कानूनी कारबाहीमा ल्याउन नेविसंघ, बुटवल बहुमुखी क्याम्पसले सरकारलाई आग्रह गरेको छ ।

प्रदर्शनको नेत्तृत्व गर्दै क्याम्पसका सभापति सुमन खुकुरी प्रहार गर्नेलाई उचित कारबाही नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।

त्यसैगरी बुटवलका कांग्रेसी नेता छायाँ पोख्रेलले पनि अपराधीलाई तुरुन्त कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेका छन् ।

कांग्रेसका सहमहामन्त्री यादवलाई आफूलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार गरेर घाइते बताएका थिए । उनको अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖