• Monday 5th of October 2026

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डाै – अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ।

गौतमले अमेरिकामा बसेर वर्षाैँदेखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका प्रहरीले जनाएको छ । उनी नेतृत्वको गिरोहले नेपाली नागरिकहरुलाई यूएई, थाइल्यान्ड, फिलीपिन्स, सिङ्गापुर, हङकङलगायत देशहरुमा पुर्याएर राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेको पाइएको छ।

एजेन्टले भने जति पैसा नदिएमा शारीरिक, मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरुलाई बेचविखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी अलपत्र पार्ने काम पनि यो गिरोहले गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट ६ जना पीडित भएकोमा ४ जनाको उद्धार भइसकेको छ।

पक्राउ परेका गौतमले अहिलेलसम्म २ सय नेपाली नागरिकहरुलाई अमेरिका पठाइसकेको बयान प्रहरीलाई दिएका छन् । उनीमाथि मानव बेचविखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖