काठमाडौ । अरुण खोलाको एम्बुलेन्स गैंडाकोटमा दुर्घटना भएको छ ।
गैंडाकोट भृकुटी कागज कारखाना नजिकै डाइलेसिसको बिरामी बोकेर गएको अरुण खोलाको ग १ च ७१५३ नम्बरको एम्बुलेन्स बिपरित दिशा तर्फबाट बाट आइरहेको बस संग एक आपसमा ठोकिँदा एम्बुलेन्स दुर्घटनामा परेको हो ।
डाइलेसिस बिरामीको अवस्था गम्भीर भएको र चालक तथा घाइते बिरामीको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
