• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन १५ । सर्लाहीमा स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ। जिल्लाको कौडेना गाउँपालिका–३, मा सोमबार राति एचआर ५९ ए ०१३१ भारतीय नम्बरको स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजादा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ भने स्कारपियोका चालक भने फरार रहेक छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖