• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

उधारो नदिएको भन्दै पसल सञ्चालक बाबुछोरा कुटिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । सामान उधारो नदिएको भन्दै युवाहरूले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ पानीट्यांकीस्थित एक पसल सञ्चालकलाई कुटपिट गरेका छन्।

किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर मंगलबार घाइते बनाएका हुन्।

उनीहरूमाथि स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय गोरे कुमालले कुटपिट गरेर घाइते बनाएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ।

कुटपिटबाट घाइते भएका बाबुछोरालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाइएको छ। टाउकोमा चोट लागेका दुवैजनाको उपचारपछि घर फर्किएका छन्।

यस घटनाबारेमा इलाका प्रहरी कार्यालय सल्यानटारले अनुसन्धान गरिरहेको छ। कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖