• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

माछा मार्ने क्रममा बेपत्ता युवक खोज्न सेती बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह


  • धनकुटा खबर
  • .

पोखरा ।पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले आज बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको जानकारी दिए ।

प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।’उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन छन् ।

१४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖