• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न सेती नदीको बाँध खोलिँदै


  • धनकुटा खबर
  • .

काठमाण्डौ – माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज पोखराको सेती नदीको बाँध खोलिँदैछ । बिहान ८ बजदेखि बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन कास्की प्रहरीले आग्रह गरेको छ ।

नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसलाई चनाखो हुन तथा नदीको किनारमा नजान र सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो । चार दिनअघि सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर लामा तामाङ बेपत्ता हुनुहुन्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको हो । यसअघि मङ्सिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖