• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

माइजोगमाईको ओडारमा भेटिएका बेवारिसे शिशु ठहरसिंह र विष्णुमायालाई दिइने


  • धनकुटा खबर
  • .

इलाम–इलामको माइजोगमाई गाउँपालिकाले केही समयअघि फेला परेको नवजात शिशु लिन सात दिने सूचना जारी गरेको छ । पालिकाले इलामकै माई नगरपालिका–१० का ठहरसिंह बस्नेत र विष्णु चौंलागाईंलाईलाई शिशु लिन आउन सूचना गरेको हो ।

पालिकाले बेवारिसे शिशु व्यवस्थापन गर्न बनेको कार्यविधिअनुसार माग गरिएका निवेदनमध्ये बस्नेत र चौंलागाईंको निवेदन सबैभन्दा योग्य पाएको पालिकाले जनाएको छ ।

पालिकाले कार्यविधिको अनुसूची ३ बमोजिम रीत पुर्‍याइ शिशु लिन आउन सूचना जारी गरेको छ । अनुसूची ३ मा शिशुको स्याहार, हेरचाह, शिक्षा, स्वास्थ्यलगायत विभिन्न १४ सर्त उल्लेख छन् ।

शिशु व्यवस्थापनका लागि कार्यविधिको अनुसूची १ बमोजिम माघ २ देखि १७ सम्मको अवधिमा कुनै निवेदन परेका थिएनन् । त्यसपछि अनुसूची २ अनुसारको सूचनामा ११ निवेदन परेका थिए ।

बस्नेत र चौंलागाईं तोकिएको समयावधिभित्र शिशु जिम्मा लिन नआएमा व्यवस्थापनको वैकल्पिक उपाय अपनाउने पनि सूचनामा उल्लेख छ ।

गत पुस अन्तिम साता माइजोगमाई गाउँपालिका–३, गिद्देभिरको ढुङ्गाको च्यापमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका थिए ।

अन्दाजी तीन–चार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्किनेक्रममा फेला पारेका थिए । प्रहरीले स्थानीयको सहयोगका बालकको उद्धार गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖