• Friday 16th of October 2026

डीएसपी बस्याल झुण्डिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

विराटनगर । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग,धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ ।

सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेलले पनि घटनाको विस्तृत विवरण नआएको र आफू घटनास्थलमा जाँदै गरेको बताए ।-रातोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖