• Sunday 18th of October 2026

उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र दिने जिम्मेवारी देउवालाई


  • धनकुटा खबर
  • .

२३ फागुन, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनका नेपाली कांग्रेसका उम्मेदवारलाई औपचारिक पत्र सभापति शेरबहादुर देउवाले प्रदान गर्ने कांग्रेसले निर्णय गरेको छ ।

पार्टीको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपनिर्वाचन इलाम-२ र बझाङको प्रदेश सभा १ मा हुँदैछ ।

उप-निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖