• Saturday 17th of October 2026

हिमेश पन्तको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा


  • धनकुटा खबर
  • .

काठमाडौं । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ।

ब्युरोको टोली आज बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमा पुगेको थियो। त्यसपछि उनलाई छलफलका लागि साइबर ब्युरो लगिएको जनाइएको छ।

पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशित गरेपछि उनीहरूबीच सामाजिक सञ्जालमा विवाद हुँदै आएको थियो।

उक्त विषयलाई लिएर पन्तले साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले श्रेष्ठलाई छलफलका लागि बोलाएको हो।

घटनाबारे साइबर ब्युरोको आधिकारिक धारणा तथा थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖