• Sunday 18th of October 2026

जबरजस्ती करणी प्रयासको आरोपमा कांग्रेस वडा सभापतिविरुद्ध जाहेरी


  • धनकुटा खबर
  • .

हेटौँडा । नेपाली कांग्रेस हेटौँडा ७ का वडा सभापतिविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । पसलमा सामान किन्न आएकी २२ वर्षीया युवतीले जबरजस्ती करणी प्रयास गरेको भन्दै उजुरी दिएको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

उनी अहिले फरार रहेका छन् ।

हेटौँडा १० राप्तिरोडबाट बसपार्कतर्फ पस्ने रोडमा चप्पल जुत्ता पसल सञ्चालन गर्दै आएका तिमल्सिनाले हेटौ‌डा १४ की महिलालाई उनले रोजको जस्तो जुत्ता स्वरुममा रहेकोले हेर्न जाऊँ भनेर स्वरुममा पुगेपछि करणी प्रयास गरेको जाहेरीमा उल्लेख छ ।

यता नेपाली कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महतले घटना भएको भनिएको लोकेशन हेर्दा खुल्ला स्थान रहेको र त्यस्तो हुनसक्ने अवस्था नै नभएको बताए । उनले घटनामा राजनीतिकरण भएको हुन सक्ने आशंका व्यक्त गरे ।

प्रहरीले भने जजकको प्रयास भएको आरोप भएपछि जाहेरीको आधारमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖