• Sunday 18th of October 2026

बैंकबाट ऋण लिएर तिर्दिँन भन्नेलाई कारबाही गर्ने अर्थमन्त्री पुनको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिँन भन्नेलाई सरकारले कारबाही गर्ने बताएका छन् । मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई कारबाही गरिने बताएका हुन् । यस्ता व्यक्ति र प्रवृत्तिलाई सरकारले छुट नदिने उनको चेतावनी छ ।

साथै, उनले आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ऋण नर्तिन भडकाउँदै हिंड्नेहरुलाई नियन्त्रण लिन र कानुन बमोजिम कारबाही गर्न सम्बद्ध मन्त्रालयलाई निर्देशन दिएको समेत जानकारी गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖